News चक्रघटीको बिजयी शुरुवात
गोलनेपाल

दोस्रो हरियाली नकआउट फुटबल प्रतियोगितामा चक्रघटी फुटबल क्लबले शानदार जितका साथ बिजयी शुरुवात गरेको छ ।

बराहक्षेत्र–८, सुनसरी स्थित आयोजक हरियाली युथ फुटबल क्लबको खेलमैदानमा शुरु उद्घाटन खेलमा चक्रघटीले वराहक्षेत्र फुटबल क्लबलाई ५–१ ले हराउँदै बिजयी शुरुवात गरेको हो । चक्रघटीको जितमा अमिर रोक्काले ह्याट्रिकुसहित ३ गोल गरे । त्यस्तै सन्देश श्रेष्ठ र प्रशन भुजेलले एक–एक गोल गरे । उता पराजित वराहक्षेत्रका लागि एक मात्र गोल युशन राईले गरेका थिए ।

प्रतियोगिता अन्तरगत असोज २१ गते आइतबारको खेल कालाबजार र रामधुनी फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

हरियाली युवा फुटबल क्लब, वराहक्षेत्र–८, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक १ गते हुनेछ ।

Post Comments