News असोज २४ बाट ए डिभिजन लिग सुचारु हुने
गोलनेपाल

राष्ट्रिय फुटबल टोलीको नेशनल ड्युटीका कारण रोकिएको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता यहि असोज २४ गतेदेखि सुचारु हुने भएको छ ।

लिगको पहिलो चरणको खेलहरु दशैं अगाडी नै सम्पन्न गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरन राईले खुलासा गरेका छन् ।

एन्फाको आयोजनामा यहि असोज १३ गते देखि शुरु भएको ए डिभिजन लिग दुई खेलको समाप्ती पश्चात् बंगबन्ध गोल्डकपका कारण लिग केही दिनका लागि स्थगित गरिएको थियो । बंगबन्धु गोल्डकपतर्फ साविक विजेता नेपाल शनिबार प्यालेस्टाइनसँग हार्दै समूह चरणबाटै बाहिरिएपछि एन्फाले लिग सुचारु हुने मिति घोषणा गरेको हो ।

लिगमा काठमाडौंका कुल १४ टोलीहरुले सहभागिता जनाउँदैछन् ।

Post Comments