News सिद्धार्थ र दोभानलाई सफलता
सुरज राना मगर

बुटवल । यहाँ जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प ्रतियोगितामा सिद्धार्थ एफसी र दोभान एफसीले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

बुटवल–१७ रानीगंज स्थित स्थानीय खेलमैदानमा भएको पहिलो खेलमा सिद्धार्थले राना ब्रदर्श एफसीमाथि टाईब्रेकरमा जित हात पार्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा सिद्धार्थले ३–२ ले जित हात पारेको हो । खेलमा सिद्धार्थका गोलरक्षक बिशाल चौबे म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा दोभानले सेभेन स्टार युथ क्लबमाथि टाईब्रेकर मै संघर्षपुर्ण जित निकाल्यो । त्यसअघि दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने दोभानले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा दोभानका गोलरक्षक प्रशान्त श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

फुलबारी गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लबको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुने खेल संयोजक यम सिंजालीले बताए ।

Post Comments