News संकटा यु–१६ र रामेछाप यु–१९ बीच मैत्रीपूर्ण खेल सम्पन्न
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही असार ३० गतेदेखि शुरु हुन गईरहेको यु–१६ ए डिभिजन लिगका लागि सम्बन्धित क्लबहरुले आ–आफ्नो तयारीलाई तिव्र बनाएका छन् ।

लिगमा सहभागिता जनाउने तयारीमा रहेको एक टोली संकटाले यु–१६ लिग कै तयारी स्वरुप रामेछापको युथ टोलीसँग एक मैत्रीपूर्ण म्याच खेलेको छ । दशरथ रंगशालामा भएको संकटा यु–१६ र रामेछाप यु–१९ बीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

स्मरण रहोस,एन्फाले यु–१६ लिग प्रत्येक सप्ताहन्तको शुक्रबार र शनिबार गर्ने निर्णय गरेको छ । साथै लिगमा सहभागिता जनाउने क्लबहरुलाई तयारी खर्चवापत जनही ३–३ लाख उपलब्ध गराउने पनि घोषणा गरिसकेको छ ।

Post Comments