News दोस्रो एलजी एसोसिएशन रामपुर खुला फुटसल कप हुँदै
सुरज राना मगर

रामपुर । लालीगुराँस, पाल्पाको आयोजनामा आगामी साउन ६ गते दोस्रो एलजी एसोसिएशन रामपुर खुला फुटसल प्रतियोगिता हुने भएको छ । रामपुर–५, मटेरी, पाल्पा स्थित रामपुर फुटसल एण्ड ऐकेडीमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको आयोजकले जानकारी दियो ।

साथै इच्छुक क्लबहरुका लागि साउन ५ गतेसम्म टिमदर्ता खुला गरिएको खेल संयोजक केशवराज श्रेष्ठले जानकारी दिए । त्यस्तै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि संयोजक श्रेष्ठले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि प्रचार प्रसार संयोजक आदेश रानाले बताए । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ४–४ हजारसहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दियो ।

युवा तथा क्षमतावान फुटसल खेलाडीहरुलाई पहिचान गर्न र उनीहरुलाई अवसर प्रदान गर्न प्रतियोगिताको दोस्रो संस्करण आयोजना गरिएको खेल संयोजक केशवराज श्रेष्ठले बताए । साथै उनले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको सुनाए ।

Post Comments