News डुरान्ड कपमा आर्मीले खेल्ने
गोलनेपाल

काठमाडौं । एसिया कै सबैभन्दा पुरानो र प्रतिष्ठित मध्ये एक भारतमा हुने डुरान्ड कपको १३२औं संस्करणमा नेपालको तर्फबाट त्रिभुवन आर्मी फुटबल क्लबले सहभागिता जनाउने तय भएको छ । प्रतियोगितामा नेपाल बाहेक भुटान र बंगलादेशको विभागीय टोलीले पनि सहभागिता जनाउने पक्का भएको छ ।

आउँदो अगस्त ३ देखि ३ सेप्टेम्बरसम्म भारतको चार फरक शहरहरुमा हुने प्रतियोगिताको ड्र पनि भईसकेको छ । जसअन्तरगत त्रिभुवन आर्मी समूह ई मा परेको छ । जहाँ आर्मीले दुई इण्डियन सुपर क्लब हेदराबाद सिटी र चेन्नईन एफसीसँगै दिल्ली एफसी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको गत संस्करणको उपाधि बैंगलुरु एफसीले जितेको थियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५० लाख भारतीय रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३० लाख भारु प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले पनि जनही ३–३ लाख हात पार्ने छन् ।

Post Comments