News चपरहट्टी कप साउन पहिलो सातादेखि
सुरज राना मगर

तिलोत्तमा । चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा आउँदो साउन ५ गतेदेखि चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा–१ स्थित सिद्धार्थ खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि साउन ३ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जनाएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक देव गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक गुरुङले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन गईरहेको प्रतियोगितामा युवा खेलाडीहरुले पनि आफ्नो क्षमता प्रदर्शन गर्न अवसर पाउने विश्वास लिएको आयोजक क्लबका अध्यक्ष हिमाल थापा मगरले बताए ।

Post Comments