News विश्व शान्ति उपाधि नजिक
सुरज राना मगर

कञ्चन । विश्व शान्ति युवा क्लब, सालझण्डी रुपन्देहीमा जारी ११औं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पवेश गरेको छ ।

हिमालय आधारभुत विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा विश्व शान्तिले सिद्धार्थ क्लबलाई २–० ले हरायो । विश्व शान्तिको जितमा दुवै गोल सरोज थापाले गरे । थापा नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन ८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल स्कलर्स होम एकेडेमी र देशभक्त युवा क्लब, नवलपरासीबीच हुने खेल संयोजक टिका थापाले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द, कञ्चन गाउँपालिका ४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजार प्राप्त गर्नेछ ।

 

 

Post Comments