News उत्कृष्ट जितका साथ युएनबिसी क्वाटरफाइनलमा
गोलनेपाल

घोराही । घोराहीमा जारी प्रथम शहीद लखन थापा मगर कप रनिङ शिल्ड फुटबल प्रतियोगीता अन्तर्गत युएनबीसीले उत्कृष्ट जित हात पारेको छ । सातौं खेलमा युएनबीसीले ड्रिमल्याण्ड एफसीलाई ५—१ गोल अन्तरले हरायो ।

युएनबिसीका लागि १३औं मिनटमै प्रतिक रोकाले पहिलो गोल गरे । युएनबिसीले पहिलो हाफसम्म सोही १–० को अग्रतालाई कायम राख्यो । यद्यपि दोस्रो हाफमा भने युएनबिसी हावी देखियो । र, थप चार गोल गर्न सफल भयो ।

दोस्रो हाफको पाँचौं मिनटमै सबिन वलीले युएनबिसीका लागि पेनाल्टीबाट दोस्रो गोल गरे भने लगतै पबिण पुनले युएनबिसीका लागि तेसो गोल गरे । त्यस्तै युएनबिसीका लागि लेमनसागर डिसीले दोस्रो हाफको १७औं मिनटमा चौथो गोल गरे ।

उता ड्रिमल्याण्डका लागि ७०औं मिनटमा अमृत घर्ती मगरले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर सफल भएनन् । उता खेलमा हावी देखिएको युएनबिसीका लागि ७७औं मिनटमा लेमनसागर डिसीले नै व्यक्तिगत दोसो तथा टोलीका लागि पाँचौं गोल गरे ।

यो जितसँगै युएनबिसी प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम प्रिक्वाटरफाइनल खेल बबई एफसी र मेगा क्लबबीच हुने संयोजक बुढा मगरले जानकारी दिए ।

Post Comments