News दमकडा कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

पाल्पा । दमकडा ब्रदर्श फुटबल क्लब, पाल्पाको आयोजनामा साउन ५ गतेदेखि शुरु हुन गईरहेको दमकडा कप यु–१८ नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

तानसेन–९ स्थित दमकडा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा होराईजन र भलुवाचुर एफसी भिड्ने छन् । त्यस्तै सोही दिन हुने दोस्रो खेलमा लाफा एफसी र युथ युनियन क्लब पनि आमने सामने हुने खेल संयोजक आशिष रानाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ हजार हात पार्नेछ भने उपविजेताले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही साउन १२ गतेका दिन हुने पनि संयोजक रानाले बताए ।

Post Comments