News पाल्पाबाट १३ खेलाडीहरु छनौट (नामावलीसहित)
सुरज राना मगर

तानसेन । नेपाली यु–१६ टोली तयार पार्न देशव्यापी आयोजना भईरहेको छनौट कार्यक्रम अन्तरगत पाल्पा जिल्लामा पनि पहिलो चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ । तानसेन स्थित टुंडीखेल मैदानमा भएको छनौट कार्यक्रममा पाल्पा जिल्लाभरिका युवा खेलाडीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएको पाल्पा जिल्ला फुटबल संघका द्वितीय उपाध्यक्ष प्रज्वल उदयले बताए ।

छनौट कार्यक्रम अन्तरगत साउन ३ गतेदेखि भएको पाल्पाको जिल्ला छनौटबाट १३ खेलाडीहरु छनौट भएको जिल्ला प्रशिक्षक रितेश मल्लले जानकारी दिए । प्रशिक्षक मल्लका अनुसार छनौट भएका खेलाडीहरुले यही साउन ६ र ७ गतेका दिन दाङमा हुने प्रदेश छनौट कार्यक्रममा सहभागिता जनाउने छन् ।

स्मरण रहोस, आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा साफ यु–१६ च्याम्पियनसिप हुँदैछ । एन्फाले त्यसकै लागि देशव्यापी रुपमा खुला छनौट कार्यक्रम आयोजना गरेको हो ।

छनौटमा परेका खेलाडीहरुको नामावलीः

 

Post Comments