News पूर्व विजेता जापान, इङल्याण्ड र डेनमार्कको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । फिफा महिला विश्वकपतर्फ पूर्व विजेता जापानसँगै इङल्याण्ड र डेनमार्कले आ–आफ्नो समूहमा जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

समूह सी मा रहेको जापानले आफ्नो पहिलो खेलमा जाम्बियालाई ५–० को फराकिलो अन्तरले हरायो । जापानले समूह चरणको दोस्रो खेलमा २६ जुलाईका दिन कोस्टारिकाको सामना गर्नेछ । सोही दिन जाम्बियाले स्पेनसँग खेल्नेछ । स्पेनले शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा कोस्कारिकालाई ३–० ले हराएको थियो ।

त्यस्तै समूह डी तर्फ पहिलो खेलमा इङल्याण्डले हाइटीलाई १–० ले हरायो । सोही समूहको अर्को खेलमा डेनमार्कले चीनमाथि समान १–० को जित निकाल्यो । अब समूह चरणको दोस्रो खेलतर्फ २८ जुलाईका दिन इङल्याण्डले डेनमार्कको सामना गर्नेछ भने सोही दिन चीन र हाइटी पनि आमने सामने हुनेछन् ।

प्रतियोगितामा सहभागि ३२ टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Post Comments