News महिला विश्वकपः स्वीडेनको पनि विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपमा स्वीडेनले पनि समूह चरणतर्फको आफ्नो पहिलो खेलमा विजयी शुरुवात गरेको छ । समूह जी मा रहेको स्वीडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–१ ले हरायो ।

न्युजिल्याण्डको वेलिङटन शहर स्थित वेलिङटन स्टेडियममा भएको खेलमा शुरुवाती अग्रता दक्षिण अफ्रिकाले लिएको थियो । खेलको ४८औं मिनटमा हिल्दा मगैयाको गोलबाट अफ्रिकी टोलीले खेलमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको ६५औं मिनटमा फ्रिडोलिना रोल्फोले स्वीडेनका लागि बराबरी गोल फर्काईन् । त्यस्तै ९०औं मिनटमा आमन्दा लेस्टेटले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीको रोमाञ्चक जित पक्का गरिन् ।

स्वीडेनले आफ्नो आगामी खेल २९ जुलाईका दिन इटालीसँग खेल्नेछ भने दक्षिण अफ्रिकाले २८ जुलाईका दिन बलियो अर्जेन्टिनाको सामना गर्नेछ ।

Post Comments