News नेदरल्याण्डससँग पोर्चुगल पराजित, फ्रान्स रोकियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा महिला विश्वकपतर्फ समूह ई को दोस्रो खेलमा नेदरल्याण्डसले पोर्चुगललाई हराएको छ । न्युजिल्याण्डको डुनेडिन शहरमा भएको खेलमा डच टोलीले पोर्चुगलमाथि १–० को साँघुरो जित हात पारेको हो ।

खेलको १३औं मिनटमा स्टेफनी ग्राटले गरेको एक मात्र गोल नेदरल्याण्डसलाई महत्वपूर्ण तीन दिलाउन निर्णायक र पर्याप्त बन्यो । स्मरण रहोस, सोही समूहमा रहेको डिफेन्डिङ च्याम्पियन अमेरिकाले शनिबार भियतनामलाई ३–० ले हराएको थियो ।

समूह चरणको दोस्रो खेलमा नेदरल्याण्डसले २७ जुलाईका दिन अमेरिकाको सामना गर्नेछ भने सोही दिन पोर्चुगल र भियतनाम पनि भिड्ने छन् ।

त्यस्तै आइतबार नै भएको समूह एफतर्फको एक मात्र खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । फ्रान्सले समूह चरणको दोस्रो खेलमा २९ जुलाईका दिन दावेदार ब्राजीलको सामना गर्नेछ भने सोही दिन जमैकाले पनामासँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments