News श्रीनगर कपको फाइनल समिकरण पूरा
गोलनेपाल

मधुवन । श्रीनगर युवा क्लबको आयोजनामा जारी श्रीनगर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा मधुवान १ र मधुवन ६ नम्बर वार्ड भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलतर्फ मधुवन १ ले मधुवन ९ लाई टाईब्रेकरमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा कालिका सामुदायिक वन उपभोक्ता समूह, मधुवन–६ ले  श्रीनगर युवा क्लब, मधुवन–६ लाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि यी दुई टोलीले पनि निर्धारित समयको खेल १–१ को बराबरी खेलेका थिए ।

कुल २० टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments