News चिली र मेक्सिकोसँग पनि निराश नेक्सस संकटा
गोलनेपाल

काठमाडौं । वल्र्ड स्कुल फुटबल च्याम्पियनसिप खेल्न मोरक्कोमा रहेको नेपालको नेक्सस संकटा क्लबको यु–१६ टोलीले लगातार चौथो हार बेहोरेको छ । पहिलो खेलमा युगाण्डाको अमुस कलेजसँग २६–१ ले पराजित संकटाले दोस्रो खेलमा फ्रान्सको यु–१८ टोलीसँग १२–० को हार बेहोरेको थियो ।

तेस्रो खेलमा भने संकटाले चिलीको यु–१८ कलेज टोलीसँग १९–० को हार बेहोरेको छ भने चौथो खेलमा मेक्सिकेको यु–१८ कलेज टिमसँग ४–२ को पराजय बेहोरेको छ । यो सँगै संकटाले चार खेलमा ६१ गोल खाएको छ भने विपक्षी टोलीहरु विरुद्ध ३ गोल मात्र फर्काउन सफल भएको छ ।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनको आयोजनामा जारी प्रतियोगितामा विश्वभरिबाट कुल ३२ टोलीहरले सहभागिता जनाईरहेका छन् । प्रतियोगिता जुलाई ३१ तारीखसम्म चल्नेछ ।

Post Comments