News वाल्मिकीलाई भेडाबारी कपको उपाधि
गोलनेपाल

भेडाबारी । मोफसलमा युथ फुटबललाई सक्रिय बनाई राख्ने उद्देश्यका साथ आयोजित भेडावबारी कप यु–१४ फुटबल प्रतियोगिताको उपाधि वाल्मिकी शिक्षा सदनले जितेको छ । उपाधि जित्न क्रममा वाल्मिकीले आयोजक भेडाबारी फुटबल क्लबलाई हरायो ।

रोमाञ्चक फाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा पनि नतिजा निस्किन नसकेपछि सडन डेथमा वाल्मिकीले जित हात पार्न सफल भएको हो ।

विजेता बनेको वाल्मिकीले उपाधिसहित नगद १० हजार हात पार्यो भने उपविजेता भेडाबारीले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । भेडाबारी फुटबल क्लब, नवलपुरको आयोजनामा भएको प्रतियोगितामा कुल १४ युथ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments