कावासोती । हनामी भरतपुर फुटबल क्लब, चितवन यहाँ जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा भरतपुरले जस्ट जोन फुटबल क्लब, नाइजेरियालाई ४–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । भरतपुरको जितमा सृजन क्षेत्रीले दुई गोल गर्दा गणेश हमाल र राज भुषालले एक–एक गोल गरे । उता जस्त जोनका लागि यमन महर्जनले एक मात्र गोल फर्काएका थिए ।
खेलमा हनामी भरतपुरका दुई गोलकर्ता सृजन क्षेत्री प्लेयर अफ दि म्याच समेत चुनिए । अब पुष १६ गते हुने फाइनलमा हनामी बिएफसीले उपाधिका लागि गण्डकी पुलिस क्लबसँग खेल्नेछ ।
नलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।