News एनएमबी- कपअन अन्तर स्कुल यु-१४ फुटबल प्रतियोगिता हुने
गोलनेपाल

काठमाडौं । एनएमबी कपअन अन्तर स्कुल यु-१४ फुटबल प्रतियोगिता यही साउन २४ देखि २६ गतेसम्म हुने बुढालनिलकण्ठ नगरपालिका– १० स्थित कपनमा रहेको कपअन स्पोर्ट्स सेन्टरमा हुने भएको छ ।

इन्डोर फुटबल ग्राउन्डमा हुने तीन दिने फुटबल प्रतियोगिताको लागि आयोजक कपअन स्पेर्ट्स सेन्टरले बुधबार एनएमबि बैंकसँग प्रायोजन सम्झौता गरेको छ ।

सम्झौता–पत्रमा कपअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत दामोदर (बद्री) भट्टराई र एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरे । कपअन स्पोर्ट्स सेन्टरले आफ्नै इन्डोर फुटबल ग्राउन्ड (बालुवाखानी, कपन) सहित राजधानीका विभिन्न स्थानमा युवा खेलाडी उत्पादनका लागि काठमाडौं किकर्स फुटबल एकेडेमी पनि सञ्चालन गरिरहेको छ ।

कपनअन स्पोर्ट्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत भट्टराईले भन्छन्, ‘ग्रासरुट फुटबलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा साथ दिनुभएकोमा देशकै अग्रणि वित्तिय संस्था एनएमबि बैंकलाई धेरै–धेरै धन्यवाद । हाम्रो सहकार्यले सानै भएपनि नेपाली फुटबलमा खेलाडी उत्पादनको लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’ 

आयोजक कपअन स्पोर्ट्स सेन्टरले प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा विद्यालयका छात्रको टिम एनएमबि–कपअन अन्तर स्कुल यु-१४ फुटबल प्रतियोगितामा सहभागि हुने जानकारी गराएको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुने छ । उपाधि विजेता, द्वितीय, तृतीय हुने टिमसहित प्रतियोगिताकै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्बाधिक गोलकर्तालाई पुरस्कार प्रदान गरिने छ ।
 
Post Comments