News प्रथम महिला फुटसल भदौ २ गते
गोलनेपाल

काठमाडौं । एफएस वर्कर एजेन्सी प्रा.लि. को आयोजनामा आउँदो भदौ २ गतेका दिन प्रथम महिला फुटसल प्रतियोगिता हुने भएको छ । सोल्टीमोड स्थित चैत्य फुटसलमा हुने प्रतियोगिताको टिम दर्ता शुल्क ५५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments