News ढल्के जोवन भेट्रान्स फुटसल कप हुने
उमेश पुन

पोखरा । जनैपूर्णिमा र गाईजात्राको अवसर पारी पर्यटकीय शहर पोखरामा यही भदौ १४, १५ र १६ गतेका दिन ढल्के जोवन ३५+ भेट्रान्स फुटसल कप हुने भएको छ । गणेश टोलस्थित स्पोर्टस क्यासलमा हुने तीन दिने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० तोकिएको छ ।

मोना एफसी, हङकङको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजन भने इलिट मुए थाई, पृथ्वी चोक, पोखराले गरेको छ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक गोविन थापाले जानकारी दिए । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ ।

 

 

Post Comments