News राधाकृष्ण (ए) सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । आयोजक राधाकृष्ण फुटबल क्लब (ए) जारी प्रथम राधाकृष्ण कप यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलतर्फ राधाकृष्णले टिम शान्ति एफसीलाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको खेलमा राधाकृष्णका लागि अर्पन पुन र अमन मगरले समान २–२ गोल गरे । उता पराजित टिम शान्तिका लागि जनक ढकालले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

शुक्रबार नै भएको अर्को खेलमा नयाँ गाउँ एफसीले थ्रीस्टार एफसीलाई शून्यका विरुद्ध २ गोलले हरायो । नयाँ गाउँका लागि दुवै गोल सागर थापाले गरे । यो जितसँगै नयाँ गाउँ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै अर्को प्रिक्वाटरफाइनलतर्फ राधाकृष्ण एफसी (बी) ले रानीगंजलाई ४–० ले हरायो । राधाकृष्ण (बी) को जितमा आशिष अधिकारी, धिरज परियार, सुजल थापा र सुजल बरालले गोल गरे । यो जितसँगै राधाकृष्ण (बी) पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक अभिषेक खड्गीले जानकारी दिए । फाइनल खेल भदौ ४ गतेका दिन हुने पनि संयोजक खड्गीले बताए ।

 

Post Comments