काठमाडौं । गत सिजन शहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका उदाउँदा युवा मिडफिल्डर कुशल फुयाल पनि विदेश प्रस्थान गरेका छन् । गत सिजन फ्रेण्डस क्लबका लागि खेल्दै टोलीलाई रेलिगेशनबाट जोगाउन अहम भूमिका खेलेका कुशल बेलायत प्रस्थान गरेका हुन् ।
निकट स्रोतका अनुसार कुशल उच्च शिक्षाका लागि बेलायत पुगेका हुन् । यद्यपी उनको विदेश पलायनले नेपाली फुटबललमा फेरि अर्को उदाउँदा खेलाडीको कमी देखिने निश्चित बनेको छ ।
स्मरण रहोस, गत सिजन लिगमा उनको प्रदर्शनबाट प्रभावित भएरै फ्रेण्डसका कुशलसँगै सन्तोष खत्रीलाई राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनिसले विश्वकप र एसियन कप छनौटका लागि राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा सामेल गरेका थिए ।
कुशलले नेपालका लागि विभिन्न उमेर समुहमा पनि राष्ट्रिय टोलीका लागि खेलिसकेका थिए । पछिल्लो समय यता नेपालको अस्थिर फुटबलका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु विदेश पलायन हुने क्रम तिव्र बनेको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि