News स्पेन बन्यो पहिलोपटक विश्व विजेता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । युरोपियन महारथी स्पेनले आइतबार सम्पन्न फिफा महिला विश्वकपको उपाधि पहिलोपटक जित्न सफल भएको छ । सन् २०१५ मा पहिलोपटक फिफा विश्वकपमा सहभागिता जनाएको स्पेनले तेस्रो पटकको सहभागिता मै विश्व च्याम्पियन बन्न सफल भएको हो ।

आइतबार सिड्नीमा सम्पन्न उपाधि भिडन्तमा स्पेनले अर्को दावेदारी टोली इङल्याण्डलाई शून्यका विरुद्ध १ गोलले हराउँदै ऐतिहासिक उपाधि जित्न सफल भयो । पहिलो हाफको २९औं मिनटमा ओल्गा गार्सियाले गरेको एक मात्र गोल स्पेनलाई जित दिलाउन निर्णायक गोल बन्यो ।

स्पेनकी आइताना बोनमती प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिईन् र गोल्डेन बल हात पारिन् । त्यस्तै प्रतियोगिताभरि कुल ५ गोल गरेकी जापानकी हिनाता मियाजावाले गोल्डेन बुट प्राप्त गरिन् भने गोल्डेन ग्लोव अवार्ड इङल्याण्डकी गोलरक्षक मेरी अप्र्सले हात पारिन् । त्यस्तै फेयर प्ले अवार्ड जापानले प्राप्त गर्यो ।

Post Comments