News ढल्के जोवन ३५+ फुटसल कप शुरु
उमेश पुन

पोखरा । पर्यटकीय शहर पोखरामा भेट्रान्स फुटसल प्रतियोगितालाई पनि प्राथमिकतामा राख्दै ढल्के जोवन ३५+ फुटसल प्रतियोगिता शुरु भएको छ । स्पोर्टस क्यासल फुटसल एरिनामा शुरु प्रतियोगिताको पहिलो दिन ६ खेलहरु सम्पन्न भए ।

पहिलो खेलमा गार्डेन एफसीले गण्डकी फुटसललाई हरायो । दोस्रो खेलमा बी–थर्टीन (ए) ले भ्याली स्पोर्टसलाई पराजित गर्यो । तेस्रो खेलमा सेभेन टु ऐट फुटसलले योर्स मोबाईललाई हरायो । चौथो खेलमा कस्केरी भेट्रान्सले लेकसाईड (ए) लाई निराश बनायो ।

पाँचौं खेलमा टेन टु इलेभन फुटसलले लेकसाईड (बी) लाई पराजित गर्यो भने छैठौं खेलमा सबिन मेमोरियलले न्यु एयरपोर्ट फुटसललाई पराजित गर्यो ।

कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकका गोविन थापाले जानकारी दिए ।

Post Comments