News
प्रथम सरोज कार्की मेमोरियल फुटसल हुने
काठमाडौं । मेनटेन एफसीको आयोजनामा आउँदो असोज ३ गतेका दिन प्रथम सरोज कार्की मेमोरियल खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
नयाँबजार स्थित रिभर फिल्ड फुटसलमा हुने प्रतियोगिताको यही भदौ ३० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५००० तोकिएको पनि आयोजकले जनाएको छ ।
माउण्ट हेभन स्पा र प्याराडाइज स्पाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सिमित संख्यामा टोलीहरुलाई सहभागि गराइने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि