News शहिद नेत्र गुरागाई स्मृति गोल्डकपः कोशी, बिएम र केचनाको जित
गोलनेपाल

म्याङलुङ । यहाँ जारी शहिद नेत्र गुरागाई स्मृति गोल्डकप पुरुष तथा महिला फुटबल प्रतियोगितातर्फ कोशी पुलिस क्लब, बिराटनर, बिएम फुटबल क्लब र महिलातर्फ केचना फुटबल क्लब विजयी भएका छन् ।

पुरुषतर्फको पहिलो खेलमा कोशी पुलिस क्लबले मादी नगरपालिका, संखुवासभालाई २–० ले हरायो । दोस्रो खेलमा बिएम फुटबल क्लबले ब्रदर्श फुटबल क्लबलाई टाईब्रेकरमा ४–१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

त्यसैगरी महिला फुटबलतर्फको एक मात्र खेलमा केचना फुटबल क्लबले पाथीभरा फुटबल क्लब, इटहरीलाई शून्यका विरुद्ध १ गोलले हरायो । यो जितसँगै केचना प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भयो ।

म्याङलुङ स्र्पोटिङ युवा क्लब, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । त्यस्तै महिलातर्फको विजेताले १ लाख प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने खेल संयोजक राजाहाङ सुब्बाले जानकारी दिए ।

Post Comments