News शेर्पाका विंगर कर्मा पनि विदेशिए
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा गत सिजन हिमालयन शेर्पा क्लबका लागि खेलेका युवा मिडफिल्डर तथा विंगर कर्मा शेर्पा पनि बिदेशिएका छन् । शेर्पा आफ्नो सुनिश्चित भविष्यका लागि सोमबार बिहान डेनमार्कतर्फ प्रस्थान गरेका हुन् ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि विभिन्न उमेर समूहमा समेत खेलिसकेका शेर्पाले पनि घरेलु फुटबलमा अनिश्चितता देखेपछि आफ्नो र परिवारको सुनिश्चित भविष्य कै लागि विदेश पलायन कै बाटो रोजेको बुझ्न सकिन्छ ।

पछिल्लो समय विदेश पलायनको बाटो रोज्ने शेर्पा नयाँ भने होईनन् । उनीभन्दा अगाडी पनि सुनिश्चित भविष्य कै लागि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु विदेशिएका छन् । र यो क्रम अझै जारी रहने पनि निश्चित छ ।

Post Comments