News
प्रथम दनुवारी कपको तयारी पूरा (खेलतालिकासहित)
हरिवन । ‘लागुऔषध विरुद्धको बोल, खेलाडी उत्पादनमा जोड’ भन्ने नारासहित यही भदौ २० गतेदेखि शुरु हुन गईरहेको प्रथम दनुवारी कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
हरिवन–९, दनुवारी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा जुनतारा युवा क्लब र गोर्खा फुटबल क्लब भिड्ने पनि आयोजकले प्रकाशित खेलतालिकामा उल्लेख छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
योङ ब्वाईज, दनुवारीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने आगामी असोज १४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न