News नेपाल विरुद्ध भारतः जित्नै पर्ने खेल
गोलनेपाल

काठमाडौं । साफ यु–१६ च्याम्पियनसिपतर्फ समूह ए को अन्तिम खेलमा आज दुई चिर प्रतिद्वन्द्वी नेपाल र भारत भिड्दै छन् । यी दुई टोली गत संस्करणका फाइनलिस्ट समेत हुन् । त्यतिबेला भारतले उपाधि जित्दा नेपाल उपविजेता बनेको थियो ।

्थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा २ः४५ बजेदेखि शुरु हुने नेपाल र भारत बीचको खेल नेपालका लागि अति महत्वपूर्ण छ । नेपालमाथि आज जित्नै पर्ने दबाब छ । हार वा बराबरीले पनि नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल थप दबाबमा परेको हो । उता भारतलाई भने बराबरी गरे पनि प्रर्याप्त हुनेछ । भारतले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने भएकोले नेपाललाई आज जित वाहेक अर्को विकल्प छैन ।

त्यस्तै आज नै बेलुका हुने समूह बी तर्फ भुटान र माल्दिभ्स बीचको खेल पनि दुवै टोलीका लागि महत्वपुर्ण छ । यो खेलमा जित हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । स्मरण रहोस, समूह बी बाट लगातार दुई जितका साथ पाकिस्तान यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

Post Comments