News आशिषको गोलले थ्रीस्टारको फाइनल यात्रा तय
गोलनेपाल

धनगढी । रुस्लान थ्रीस्टार क्लब जारी नेपाल आइस चौथो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबमाथि १–० को साँघुरो जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो । खेलको २४औं मिनटमा अशोक खवासको कर्नर किकलाई सदुपयोग गर्दै आशिष राईले एक मात्र निर्णायक गोल गरे ।

खेलको म्यान अफ द म्याच भने थ्रीस्टारकै डिफेन्डर अनन्त तामाङ घोषित भए । अब थ्रीस्टारले उपाधिका लागि मंगलबार आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबको सामना गर्नेछ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख १ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments