News भियतनामसँग नेपाल निराश, जापानसँग बंगलादेश निरीह
गोलनेपाल

काठमाडौं । चीनमा जारी एसियन गेम्सको महिला फुटबलतर्फ समूह डी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा बलियो भियतनामसँग निराश बन्न पुगेको छ ।

वेन्झु ओलम्पिक स्पोर्टस सेन्टर स्टेडियममा भएको खेलमा नेपालले भर्खरै फिफा महिला विश्वकप खेलेको भियतनामसँग २–० ले पराजित हुन पुगेको हो । फिफा वरियताको ३४औं स्थानमा रहेको भियतनामलाई १०१औं वरियताको नेपालले पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके तापनि दोस्रो हाफमा दुई गोल खान पुगेको थियो ।

नेपालले समूह चरणको आफ्नो दोस्रो खेल २५ सेप्टेम्बरका दिन दावेदार जापानसँग खेल्नेछ । सोही दिन भियतनामले बंगलादेशको सामना गर्नेछ । त्यस्तै शुक्रबार नै भएको समूह डी तर्फको अर्को खेलमा जापानले बंगलादेशमाथि ८–० को फराकिलो जित निकाल्यो ।

महिला फुटबलतर्फ सहभागि १६ टोलीहरुलाई पाँच समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली र दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट तीन टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् ।

Post Comments