News पाकिस्तान सेमिफाइनलमा, नेपाललाई दबाब
गोलनेपाल

काठमाडौं । यहाँ जारी साफ यु–१९ च्याम्पियनसिपतर्फ समूह ए बाट पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शनिबार दशरथ रंगशालामा भएको आफ्नो दोस्रो खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्यो ।

पहिलो खेलमा आयोजक नेपाललाई ०–१ ले हराएको पाकिस्तानले शनिबारको नतिजासँगै दुई खेलबाट ४ अंक जोड्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । साथै यो नतिजाले आयोजक नेपालमाथि भने जित्नै पर्ने थप दबाब थपिएको छ ।

समूह ए को अन्तिम खेलमा अब सोमबार नेपाल र माल्दिभ्स भिड्ने छन् । सो निर्णायक खेलमा नेपाललाई जित्नै पर्ने दबाब हुनेछ भने माल्दिभ्सलाई बराबरी गरे पनि सेमिफाइनल पुग्न प्रर्याप्त हुनेछ ।

Post Comments