News
पाकिस्तान सेमिफाइनलमा, नेपाललाई दबाब
काठमाडौं । यहाँ जारी साफ यु–१९ च्याम्पियनसिपतर्फ समूह ए बाट पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शनिबार दशरथ रंगशालामा भएको आफ्नो दोस्रो खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्यो ।
पहिलो खेलमा आयोजक नेपाललाई ०–१ ले हराएको पाकिस्तानले शनिबारको नतिजासँगै दुई खेलबाट ४ अंक जोड्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । साथै यो नतिजाले आयोजक नेपालमाथि भने जित्नै पर्ने थप दबाब थपिएको छ ।
समूह ए को अन्तिम खेलमा अब सोमबार नेपाल र माल्दिभ्स भिड्ने छन् । सो निर्णायक खेलमा नेपाललाई जित्नै पर्ने दबाब हुनेछ भने माल्दिभ्सलाई बराबरी गरे पनि सेमिफाइनल पुग्न प्रर्याप्त हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल