News प्रथम अमाह सिमसार च्यालेञ्ज कप शुरु, पंचायनको विजयी शुरुवात
गोलनेपाल

भलुवाचौरी । शनिबारदेखि शुरु भएको प्रथम अमाह सिमसार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगितामा पंचायन फुटबल क्लबले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा बगुवा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै पंचायनले विजयी शुरुवात गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

यो जितसँगै पंचायन सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज ७ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल सप्तकोशी फुटबल क्लब र प्रकाशपुर फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

इन्द्रेणी क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज १३ गतेका दिन हुनेछ ।

Post Comments