News रुपन्देहीमा अर्को फुटसल प्रतियोगिता हुँदै
सुरज राना मगर

तिलोत्तमा । नेपाल तरुण दल, तिलोत्तमा नगर समितिको आयोजनामा रुपन्देहीमा शहिद यादवनाथ आलोक स्मृति फुटसल प्रतियोगिता हुने भएको छ ।

तिलोत्तमा नगरपालिका–९ मंगलापुर स्थित फ्रेण्डस फुटसल एरिनामा हुन गईरहेको प्रतियोगितामा करिब २३ टोलीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक अजुृन क्षेत्रीले जानकारी दिए ।

यहि फागुन २२ देखि २४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने नेपाल तरुण दल तिलोत्तमा नगर सभापति खिम बहादुर क्षेत्रीले बताए ।

फुटसल कै माध्यमबाट आपसी भाइचारा र सदभाव कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको सभापति क्षेत्रीले बताए । साथै उनले प्रतियोगितालाई आगामी दिनहरुमा पनि निरन्तरता दिन र थप परिष्कृत रुपमा आयोजना गर्दै लैजाने लक्ष्य लिएको समेत बताए ।

Post Comments