News सप्तकोशीलाई प्रथम अमाह सिमसार च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

भलुवाचौरी । प्रथम अमाह सिमसार च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सप्तकोशी फुटबल क्लबले जितेको छ । फाइनलमा पञ्चायन फुटबल क्लबलाई २–० ले हराउँदै सप्तकोशी च्याम्पियन बनेको हो ।

शनिबार भएको उपाधि भिडन्तमा सप्तकोशीको जितमा साजन राई र रबिन राईले गोल गरे । विजेता बनेको सप्तकोशीले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता पञ्चायनले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

इन्द्रेणी क्लब, बराहक्षेत्र–५, सुनसरीको आयोजनामा असोज ६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रायोजन अमाह सामुदायिक वन उपभोक्ता समितिले गरेको थियो ।

Post Comments