मणिग्राम । स्व. नेत्र बहादुर आचार्य क्षेत्री स्मृति कप दुई दिने खुला फुटसल प्रतियोगिताको उपाधि एम्मा एफसीले जितेको छ । फाइनल भिडन्तमा एम्माले इन्टर स्र्पोटसलाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
त्यसअघि मणिग्राम स्थित युनिक फुटसलमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
विजेता बनेको एम्माले उपाधिसहित नगद ३५ हजार हात पार्यो भने उपविजेता इन्टर स्पोर्टसले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
इन्टर स्पोर्टसका सन्देश गुरुङ प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक एम्माका हिमाल कार्की बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार डिएमसीका अंकित थापाले हात पारे ।
विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच स्व. नेत्र बहादुर आचार्य क्षेत्रीकी श्रीमती हिरादेवी आचार्य क्षेत्री, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक शिवनगर युवा क्लब, बुटवल–७, दिपनगरका अध्यक्ष सरोज शेरचनले पुरस्कृत गरेका थिए ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि