गुन्सान नेपालि समाजको आयोजना मा गुन्सान को ओसिक्दो मा सम्पन्न भएको ”पाचौ गुन्सान कप” को उपाधि रोयल गोर्ख फुटबल क्लबले उचाल्न सफल भएको छ l
दक्षिण कोरियाको गुन्सान शहर स्थित फुटबल मैदानम़ा हिजो सम्पन्न फाइनल अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा रोयल गोर्खाले उन्दोङ फुटबल क्लबलाई पेनाल्टीमार्फत बिजय हासिल गरेको थियो l
आयोजक सहित 20टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिताम़ा बिजता रोयल गोर्खा फुटबल क्लबले नगद 35लाख वन ट्रफि,मेडल सहित प्रमाण पत्र प्राप्त गर्यो भने उप बिजता बनेको उन्दोङ फुटबल क्लबले नगद 20 लाख वन सहित ट्रफि ,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो l
उक्त प्रतियोगिताको उत्कृष्ट गोलकिपर अनिल राई (उन्दोङ फुटबल क्लब),उत्कृष्ट खेलाडी- बिजय सम्बाहाम्फे (रोयल गोर्खा फुटबल क्लब), उच्च गोलकर्ता-जेम्स राई (गुन्सान फुटबल क्लब) भए l
त्यस्तै उत्कृष्ट खेलाडीहरुलाई ट्रफि ,मेडल सहित जनही 1 लाख वननले पुरस्कृत गरिएको आयोजक कमिटीका अध्यक्ष भानु आचार्य ले जानकारि दिनुभएको छ।
उक्त खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल डट कम ले गरेको थियो। प्रतियोगितामा 20 टिम सहभागि भई सन्चालन भएको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक अमित योङहाङ लिम्बुले जानकारी गराउनुभयो।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने