News पाकिस्तानको मुख्य प्रशिक्षकमा स्टेफन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पाकिस्तानले आफ्नो राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय फुटबलमा अनुभवी प्रशिक्षक मानिएका इङल्याण्डका स्टेफन कन्स्टेन्टाइनलाई नियुक्त गरेको छ ।

दक्षिण एसियाली फुटबलमा समेत लामो र राम्रो अनुभव बटुलेका ६० बर्षिय स्टेफनको नियुक्तिबारे पाकिस्तान फुटबल फेडरेशनले पनि आधिकारिक रुपमा घोषणा गरेको छ ।

नेपाल, भारत, रुवान्डा, मलावी जस्ता देशहरुको पनि प्रशिक्षकीय जिम्मेवारी सम्हालिसकेका स्टेफनले पाकिस्तानको जिम्मेवारी सम्हाल्नु अघि भारतीय महारथी इस्ट बंगालको मुख्य प्रशिक्षकमा रहेर काम गरेका थिए ।

पाकिस्तानले आउँदो फिफा विश्वकप छनौटलाई ध्यानमा राख्दै स्टेफनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको बताएको छ । विश्वकप छनौटको पहिलो चरणतर्फको छनौट खेलतर्फ पाकिस्तान १२ र १७ अक्टुबरका दिन कम्बोडियासँग खेल्ने कार्यक्रम छ ।

Post Comments