News
दोस्रो नागस्वती भेट्रान्स कपको तयारी पूरा (खेलतालिकासहित)

हेटौडा । नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा यही असोज १६ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
हेटौडा–७, नागस्वती स्थित नवज्योति खेलमैदानमा हुने प्रतियोगिताको पहिलो दिन कुल चार खेलहरु हुने आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । फाइनल खेल असोज २० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसहित ट्रफी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा