News झापा एफ.सीको ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरमा नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर
गोलनेपाल

नेपाल सुपर लिगको लागि झापा एफ.सी. ले नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग ट्रिटमेन्ट एण्ड पर्फरमेन्स पार्टनरको रूपमा सम्झौता गरेको छ ।

झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको जानकारी दिएको हो । नेपालकै पहिलो पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टर नाडाले भर्खरै मात्र अत्याधुनिक सुविधा सहित बाँसबारीमा आफ्नो सेवा सुचारू गरेको छ ।

नेपाली फुटबललाई थप व्यवसायिक बनाउने भिजन र लामो समय देखी फुटबल विकासमा अहोरात्र खटिरहेको व्यवस्थापन टिम भएकै कारण झापा एफ.सी. सँग जोडिएका हौँ " नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बिबेक विक्रान्त अधिकारीले बताए ।

सम्झौतामा झापा एफ.सी. को तर्फबाट टेक्निकल डाइरेक्टर मनोज बुर्लाकोटी र नाडा पर्फरमेन्स एण्ड रिह्याबिलिटेसन सेन्टरका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बिबेक विक्रान्त अधिकारीले हस्ताक्षर गरेका थिए ।

नाडाले बिशेपत इन्जुरी प्रिभेन्सन, ट्रिटमेन्ट, रिह्याबिलिटेसन, पर्फरमेन्स इन्हेन्समेन्ट लगायतका कुरामा काम गर्दै आएको छ ।

"हामीले खेलाडीको फिटनेसलाई लिएर निकै ध्यान दिएका छौं । नाडासँगको सम्झौता हाम्रो लिग जित्ने अभियानमा निकै महत्वपूर्ण हुनेछ । नाडासँगको सहकार्यले खेलाडी तथा टिममा छुट्टै उर्जा मिलेको महसुस भएको छ ।" झापा एफ.सी. का अध्यक्ष अर्पण बिक्रम खड्काले बताए ।

झापा एफ.सी. दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोली मध्ये एक हो । मार्की खेलाडीको रूपमा अञ्जन बिष्टलाई अनुबन्ध गरेको झापाले लाकेन लिम्बु, अनिश देउला, छिरिङ लामा, सुमित श्रेष्ठ, लक्ष्मण रूचाल, योगेश गुरूङ, अशोक खवास, प्रशान्त लक्षम लगायतका खेलाडी शनिबार सम्पन्न अक्सनबाट किनेको थियो । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ ।

Post Comments