News प्रथम त्रिवेणी गोल्डकप कार्तिक १२ देखि
गोलनेपाल

झुलनेटा । त्रिवेणी युथ क्लब, पश्चिम रुकुमको आयोजनामा आउँदो कार्तिक १२ गतेदेखि १५ गतेसम्म प्रथम त्रिवेणी गोल्डकप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

दहबाङ, झुलनेटा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५०० तोकिएको छ । त्यस्तै कार्ड डिपोजिट वापत १५०० बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष भुपेन्द्र खड्काले बताए ।

प्रतियोगितामा कुल १६ टोलीहरुलाई मात्र सहभागिता गराइने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments