काठमाडौं । केही दिन अघि मात्र अप्रत्याशित रुपमा अष्ट्रेलियातर्फ प्रस्थान गरेका स्टार फरवार्ड बिमल घर्ती मगरले मंसिर ८ गतेदेखि शुरु हुने दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।
बिमलले एफसी चितवनका लागि नेपाल सुपर लिग खेल्नेछन् । चितवनले पनि आइकानिक खेलाडीका रुपमा बिमललाई अनुवन्ध गरेको कुरा आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा गरेको छ ।
बिमलले पनि सुपर लिग खेल्ने जानकारी गराउँदै आफ्नो सामाजिक लेखेका छन्, "जिन्दगीमा अनेकौ उत्तर चढाव आउँछन । उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिक पन पनि बढ्ने रहेछ । त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देश प्रतीको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे । तर पनि मलाइ माया गरेर पुन मलाइ आउदै गरेको नेपाल सुपर लिग मा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुबर्ण मौका दिनु भएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ।"
साथै बिमलले अन्त्यमा सबै शुभेच्छुक र समर्थकहरुलाई धन्यवाद र आभार समेत प्रकट गरेका छन् । चितवनको मार्की खेलाडीमा गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् भने मुख्य प्रशिक्षकमा खालिद जमिल रहेका छन् ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान