News कपिलवस्तु–११ क्वाटरफाइनलमा
गोलनेपाल

कुञ्जलापुर । रुपन्देहीमा जारी ३५औं झरना कप खुला नकआउट फुटबल प्रतियोगितामा साँघुरो जितका साथ कपिलवस्तु–११ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ कपिलवस्तुले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

उमा आधारभुत विद्यालयको खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि सन्जु सेनले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता सेन नै खेलको म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत असोज १६ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल पाल्पा–११ र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलबीच हुने आयोजकले जानकारी दियो ।

झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेलभने असोज २८ गतेका दिन हुनेछ ।

Post Comments