झिलझिले । केएनके स्र्पोटिङ क्लब र श्रीजंगा युवा समाज यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको क्वाटरफाइनल खेलतर्फ केएनकेले ब्याङडाडा फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान बनायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
त्यस्तै सोमबार नै भएको अर्को क्वाटरफाइनलमा श्रीजंगाले मुनल्याण्ड स्र्पोटिङ क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । प्रतियोगिता अन्तरगत असोज १६ गते मंगलबार अन्तिम दुई क्वाटरफाइनल खेलहरु हुनेछन् ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा