News स्व. कृष्ण बहादुर दहाल स्मृति एन्फा यु–१६ विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु
गोलनेपाल

हेटौडा । विद्यालयस्तरबाटै युवा खेलाडीहरुलाई फुटबलमा लाग्न हौसला प्रदान गर्ने उद्देश्यका साथ स्व. कृष्ण बहादुर दहाल स्मृति एन्फा यु–१६ अन्तरविद्यालय फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । पहिलो खेलमा निर्मल मावि, वस्तीपुरले ज्योति मावि, हर्नामाडीलाई शून्यका विरुद्ध ३ गोलले हरायो ।

त्यस्तै प्रतियोगिताको पहिलो दिन नै भएको दोस्रो खेलमा देबकी मावि, फापरबारीले सनसाईन इङलिस बोर्डिङ स्कुलमाथि ५–० को फराकिलो जित निकाल्यो ।

यही असोज २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस गरिएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments