News दोस्रो एक्सपर्ट कप हुने
गोलनेपाल

काठमाडौं । रोयल वेस्टर्न क्लब, अष्ट्रेलियाको आयोजनामा यही अक्टुबर १४ र १५ तारीखका दिन दोस्रो एक्सपर्ट कप फुटबल प्रतियोगिता हुने भएको छ ।

किलोर पार्क सकर क्लबमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।

एक्सपर्ट एजुकेशनको मुख्य प्रायोजन रहने दुई दिने प्रतियोगिताको विजेता, उपविजेता तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ । र प्रतियोगिताका खेलहरु गोलनेपालबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।

Post Comments