News सुनवल फेलोसिपलाई उपाधि
सुरज राना मगर

बुटवल । नयाँ जन्म लागुऔषध उपचार केन्द्रद्वारा आयोजित प्रथम रिकभरिङ कप फुटसल प्रतियोगिताको उपाधि सुनवल फेलोसिपले जितेको छ । मोनालिसा फुटसलमा भएको उपाधि भिडन्तमा सुनवलले आशा फाउण्डेशनलाई ३–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको सुनवल फलोसिपले उपाधिसहित नगद २० हजार र बोका हात पार्यो भने उपविजेता आशा फाउण्डेशनले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक आशा फाउण्डेशनका संजय कार्की चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार फ्रिडम फाउण्डेशनका सौगात गिरीले हात पार्दा सर्वोत्कृष्ट खेलाडी सुनवल फेलोसिपका एलिस पुन घोषित भए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी युवा व्यवसायी तथा फुटबल अभियन्ता सरोज शेरचन, खेल संयोजक सुदिप गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

खेलकुदको माध्यमबाट दुव्र्यसन विरुद्ध एक्यवद्धता जनाउने उद्देश्यका साथ आयोजित एक दिने प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments