News आयोजकलाई हराउँदै फ्युजन सेमिफाइनलमा
गोलनेपाल

बराहक्षेत्र । फ्युजन फुटबल क्लब, उदयपुर यहाँ जारी वाइवाइ तेस्रो बराहक्षेत्र गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

बिहीबार भएको चौथो क्वाटरफाइनलमा फ्युजनले आयोजक चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरीलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि महेन्द्र माविको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने फ्युजनले चक्रघट्टीमाथि ५–४ को जित निकाल्दै नतिजा आफ्नो प क्षमा पार्न सफल भयो ।

खेलमा चक्रघट्टीका रेम्बो चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक ३ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल बराहक्षेत्र–११ र चित्लाङ फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ६ गतेका दिन हुनेछ ।

Post Comments