News
प्रथम साइनिङ स्टार कप हुँदै
कोल्टी । साइनिङ स्टार युथ क्लब, कोल्टी, बाजुराको आयोजनामा यही कार्तिक १७ गतेदेखि प्रथम साइनिङ स्टार कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कोल्टी–२, बुढिनन्दा नगरपालिका, बाजुरा स्थित जनप्रकाश उ.मा.वि. को खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरुसँगै टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १०,५५५ तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”