News
प्रथम साइनिङ स्टार कप हुँदै
कोल्टी । साइनिङ स्टार युथ क्लब, कोल्टी, बाजुराको आयोजनामा यही कार्तिक १७ गतेदेखि प्रथम साइनिङ स्टार कप नाईन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
कोल्टी–२, बुढिनन्दा नगरपालिका, बाजुरा स्थित जनप्रकाश उ.मा.वि. को खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी शुरुसँगै टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १०,५५५ तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)